सरकारी वकिलले बोलिसकेपछि संवैधानिक इजलासमा प्रधानमन्त्रीका वकिलको पालो
काठमाडौं। आज संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फका वकिलहरुले बहस गर्नेछन्। सरकारी वकिलको बहसको समय सकिएपछि प्रधानमन्त्रीका वकिलले बहस सुरु गर्ने तयारी छ। सरकारी वकिलले बहस गर्न आज जम्मा ५५ मिनेट समय बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गरेपछि पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले लगायतले बहस गर्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस्
