प्रदेश नं १ को बजेट अधिवेशन बैठक स्थगित काठमाडौं। प्रदेश नं१ को आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक आज पनि स्थगित भएको छ। निर्धारित समयभन्दा१५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी केन्द्र समर्थक सांसदले उभिएर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो। सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि प्रतिपक्ष सांसदले नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २०गते दिउँसो१ बजेसम्मका लागि स्थगित गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्