प्रधानन्यायधीशले सोधे– प्रधानमन्त्री विश्वासको मत दिन संसद जानुपर्दैन? काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत दिन संसद जानुपर्छ कि पर्दैन भनेर सोधेका छन्। जवाफमा नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसदमा नगएको जवाफ दिए। मंगलबारको बहस सुरु गर्दै संविधानको धारा ७६(३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताएलगत्तै प्रधानन्यायाधीले प्रश्न गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्