सरकारी पक्षबाट बहस गर्नेलाई आज १० मिनेटदेखि २ घण्टासम्म समय काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजपनि सरकारी पक्षको बहस जारी रहनेछ। नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले सुरुमा बहस गर्नेछन्। पाण्डेले २ घण्टा बहस गरेपछि नायब महान्यायाधिवक्ताहरु विश्वराज कोइराला, टेकबहादुर घिमिरे र श्यामकुमार भट्टराईले बहस गर्नेछन्। सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवरा रेग्मी, लोकराज पराजुली, उदपप्रसाद पुडासैनी र दशरथ पङ्गेनीले बहस गर्नेछन्। उनीहरुलाई २ घण्टादेखि १० मिनेटसम्मको समय निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्