‘प्रधानमन्त्री चयनमा ह्वीप लाग्छ, नत्र एउटै पार्टी दुईतिर हुन्छ’ काठमाडौं। महान्यायाधीवक्ता रमेश बडालले राजनीतिक दलसम्बन्धी ऐनमा सरकारको विश्वास, नीति तथा कार्यक्रम लगायतमा ह्वीप जारी गरिने भनिएको हुँदा प्रधानमन्त्री चयनमा पनि ह्वीप लाग्ने तर्क गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा आज सर्वोच्च अदालतमा सरकारको तर्फबाट बहस गर्दै उनले भने, “नेपालको संविधानको धारा ७६(५) पनि यही व्यवस्था हो। दलीय ह्वीप नलाग्ने हो भने एउटै दल दुईतिर रहन सक्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्