प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र पर्दैनः महान्याधिवक्ता बडाल काठमाडौं। महान्यायाधीवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने तर्क गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा आज सर्वोच्च अदालतमा सरकारको तर्फबाट वकालत गर्दै उनले प्रतिनिधिसभा विघटन मुद्दा संविधानसँग बाँझिएको वा संवैधानिक इजलासले तोकेको हो? भनी प्रश्न गरे। “यो मुद्दा संविधानको धारा १३७(३) अनुसार संवैधानिक इजलासमा आएको छैन,” उनले भने। रिट निवेदन नै अदालतलाई झुक्याउने गरी आएको दाबी उनले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्