एमाले नेता भुषालले गरे पार्टी परित्याग काठमाडौं। एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेका छन्। उनले निर्वाचन आयोगलाई आज पत्र लेख्दैै आफूले पार्टी परित्याग गर्न चाहेको र अबदेखि स्वतन्त्र रहने जानकारी दिएका हुन्। पत्रमा उनले सर्वाेच्च अदालतको २०७७ फागुन २३ गतेको निर्णयले नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व समाप्त गरिदिएपछि आफूसहित जनप्रतिनिधिहरु दलविहीन जस्तै भएकाले आफू स्वतन्त्र रुपमा रहन चाहेको उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्