कर्णाली प्रदेश सभामा लफडा, एउटै दल सत्तापक्ष र प्रतिपक्ष जसरी सभा चलाउने हो? सुर्खेत। एमालेले प्रदेशको संसदीय दलले निलम्बनमा गरेका ३ जना मन्त्री प्रदेशसभा बैठकमा सहभागी भएको भन्दै आपत्ति जनाएको छ। आइतबारको बैठकमा मन्त्री कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापा सहभागी भएपछि एमालेले आपत्ति जनाएको हो। एमालेले उनीहरूलाई संसदीय काम र कार्वाहीमा सहभागी गराउन नपाइने माग गर्दै सभा अवरुद्ध गरेपछि बैठक कार्यसूचिमै प्रवेश नगरी स्थगित भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्