विथोलिएको राजनीतिको निकाश निर्वाचन नै हो : अर्थमन्त्री पौडेल काठमाडौं। अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ताजा जनादेशले मात्र विथोलिएको राजनीतिलाई निकाश दिने बताएका छन्। शनिबार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्शन बहुउद्देश्य आयोजनाको कार्यालय उद्घाटनमा उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर्वाचनको लागि सबै जुट्न आग्रह गरे। प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको र संसदबाट अर्को वैकल्पिक सरकार बन्न नसक्ने अवस्थामा प्रतिनिधि सभा बिघटन गर्न बाध्य भएको पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्