संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीको नियुक्ति भएन : देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको व्यवस्थाअनुरुप प्रधानमन्त्रीको नियुक्ति नभएको बताएका छन्। आज सञ्चारकमीहरुसँगको अन्तर्क्रियामा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जस्तै भएर काम गरेको आरोप लगाए। संसदमा कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था भएपनि बहुमत पुर्याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस्
