प्रधानमन्त्रीको पदले मन विचलित हुँदैन : नेपाल काठमाडौं। नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको पदले आफ्नो मन विचलित नहुने बताएका छन्। पत्रकारहरुसँगको अन्तर्क्रियामा उनले प्रधानमन्त्री ओलीले विगतमा पनि आफू, पुष्पकमल र बामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको धेरै पटकको धोका र पटक पटकको चालबाजीबाट हैरान भएको बताए। “प्रधानमन्त्रीको पद दिएपछि माधवकुमार नेपालको मन विचल्लित हुने हो कि, खुट्टा काम्ने हो कि भन्ने समय छैन”,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्