यो आवाज पार्टी भित्रको विद्रोही र क्रान्तिकारी आवाज हो : माधव नेपाल काठमाडौं। एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताएका छन्। शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा उनले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्रीको प्रवृत्तिकाविरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताए। एमाले नै भएर एमालेकै सरकारविरुद्ध लाग्नुलाई उनले पार्टीभित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिए।
प्रतिक्रिया दिनुहोस्