प्रचण्डको दाबी, 'प्रधानमन्त्रीले न्यायालयलाई धम्क्याउँछन्'
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई धम्काउने गरेको दाबी गरेका छन्। शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा उनले प्रधानमन्त्रीले महान्यायाधीवक्तामार्फत न्यायलयलाई धम्काउने र थर्काउने काम गरेको बताए। अदालतको फैसला पहिले नै आफूलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उनले अहिले पनि आफूहरु न्यायालयले संविधानअनुसार फैसला गर्नेमा विश्वस्त रहेको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्
