राष्ट्रपतिलाई गाली गर्ने कम्पिटिसन हुन लाग्यो : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्नेहरु गणतन्त्रप्रतिको गैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरु भएको बताएका छन्। शुक्रबार एक कार्यक्रममा उनले भने,“अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ। जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो,त्यो ठूलो हुने कम्पिटिसन चलेको छ। हिजो पनि केही भूतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले। त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्