भारत–पाकिस्तान टकरावले सार्क सम्मेलन हुन नसकेकोप्रति प्रधानमन्त्रीले भने– उपादेहता सकिएको भए विघटन गरौं काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन अन्य राष्ट्रमा हुन नसके नेपालले आयोजना गर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनको कार्यक्रममा आज उनले भने, “हामी सार्कको अध्यक्ष छौं। सार्क सम्मेलन आयोजना गर्न सकेका छैनौं। अन्त हुन नसके हामी आयोजना गर्छौ।” उपदेहता सकिएको भए सार्कलाई विघटन गर्नसमेत उनले आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्