ऋणको पासोमा पर्दैनौं, जथाभावी लिँदैनौं : प्रधामन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जथाभावी बाह्य सहयोग नलिने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले कुनैपनि अनुदान तथा ऋण आवश्यकता र प्राथमिकताका आधारमा मात्र लिने स्पष्ट पारे। “हामी ऋणको पासोमा पर्ने छैनौं। उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, नागरिकलाई सक्षम बनाउने क्षेत्रका लागि मात्र रकम लिन्छौं”, उनले भने।
प्रतिक्रिया दिनुहोस्