कांग्रेसको पौडेल समूह महाधिवेशन रणनीति बनाउँदै काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ।बिहीबार बस्ने भनिएको बैठक पौडेल विपक्षी गठबन्धन र सम्पादकसँगको छलफलमा सहभागी हुने भएपछि स्थगित भएको थियो।महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्।कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ। पौडेल समूहमा नेतृत्वका लागि धेरै आकांक्षी भएकाले सभापतिमा उम्मेदवार बन्न अन्य आकांक्षीलाई मिलाउनेपर्ने अवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्