संवैधानिक इजलासमाः कानून व्यवसायीले बोल्ने समय ३ मिनेटदेखि ३० मिनेटसम्म काठमाडौं।संवैधानिक इजलासमा जारी सनुवाईमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकको तर्फबाट आज अन्तिम दिन ३ घण्टा ४५ मिनेट बहस गर्न पाउने छन्।सुरुवाती बहसका लागि तोकिएको १२ घण्टाको समयमा ८ घण्टा १५ मिनेटको समय बिहीबारसम्म सकिएको छ।वकालतनामा बुझाएका कानुन व्यवसायीहरुलाई आज आधा घण्टादेखि कम्तिमा ३ मिनेटसम्मको समय हुनेगरी व्यवस्थापन गरेको बताएको छ। आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने तयारी रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्