माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त काठमाडौं। माओवादी केन्द्रबाट चुनाव जितेर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त भएको छ।निर्वाचन आयोगले सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो। पद रिक्त गरिएकामा रौतहटका ७,कैलालीका ४ तथा सिरहा,ओखलढुंगा र महोत्तरीका एक/एक जना जनप्रतिनिधि छन्।७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्