विद्यार्थी संगठनहरुले गरे संयुक्त सडक प्रदर्शन काठमाडौं। विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद पुनर्स्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्तामा माग गर्दै प्रदर्शन गरेका छन्। बिहीबार विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रतिनिधिसभा पुनः स्थापनाको मागसमेत गरे। माग पुरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रमहरु पनि घोषणा गर्ने संगठनहरुले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्