समझदारीका साथ एमसीसी अघि बढ्छ : प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले समझदारी गरेर नै एमसीसी अघि बढ्ने बताएका छन्। वरिष्ठ पत्रकार तथा सम्पादकसँगको अन्तर्क्रियामा उनले भने, “एमसीसीबारे केही गर्नुपर्छ भनेपनि हामीले समझदारी गराएर संसदबाट नै अघि बढायौं। हामीले भनेका छौं राष्ट्रिय हित अनुकुल हुनेगरी नै गर्ने हो। समझदारीका साथ जानेमा विमति हुँदैन, यसका सम्बन्धमा चिन्ता लिनु परेन।”
प्रतिक्रिया दिनुहोस्