संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त काठमाडौं। विभिन्न संवैधानिक निकायमा गरी २०जना पदाधिकारी नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी हुन्। संवैधानिक परिषदले वैशाख अन्तिम साता बसेको बैठकमा ती पदाधिकारीहरुलाई नियुक्तिका लागि सिफारीस गरेको थियो। संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाई हुनुपर्ने भएपनि प्रतिनिधिसभा विघटन भएकाले समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्