विपक्षी गठबन्धन र वरिष्ठ पत्रकार तथा सम्पादकसँगको छलफलमा पत्रकारलाई नै बस्न दिइएन काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा जारी विपक्षी गठबन्धनका नेताहरु र वरिष्ठ पत्रकार तथा संम्पादकहरुबीच छलफलमा पत्रकारलाई भने बस्न दिइएन्। गठबन्धनका शीर्ष नेताहरुले विषयवस्तु प्रस्तुत गर्दासम्म सबै पत्रकारलाई हलमा राखियो। तर अन्तरक्रियाको समय भएपछि भने समाचार संकलनका लागि पुगेका पत्रकारलाई बाहिर निकालिएको हो। कार्यक्रम सञ्चालन गरिरहेका काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डले बोल्ने समयमा भित्र आउनेगरी बाहिर जान आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्