“निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं” काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं’ भन्ने आह्वान गरेका छन्। राजनीतिक दलहरु, सञ्चारमाध्यम, विभिन्न पेशा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच वृहत्तर सहकार्य आज आवश्यक भएको समेत उनले बताए। आज सम्पादकहरुसँग अन्तरक्रिया गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथिका प्रहार र खतरालाई चिर्न सबै मिलेर अघि बढ्नुपर्ने जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्