विदेशी हस्तक्षेप बढेकोप्रति संकेत गर्दै देउवाले भने– नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको बताएका छन्। “नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ,”आजको सम्पादकहरुसँगको अन्तरक्रियामा उनले भने।
प्रतिक्रिया दिनुहोस्