आवश्यकताको सिद्धान्त स्यालको सिङ जस्तै कता हरायो होला श्रीमान? काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आवश्यकताको सिद्धान्त स्यालको सिङ जस्तै हराएको टिप्पणी गरेका छन्। उनले कोरोना महामारीमा खोप ल्याएर जनता बचाउनुपर्ने समयमा स्वास्थ्यमन्त्री रिक्त पारिएको र बाढीको चपेटामा परेर मेलम्ची राहत र उद्दारमा पर्खेको समय र चुनाव गराउन शान्ति सुरक्षाको विशेष खाँचो पर्ने समयमा गृहमन्त्री खाली गरिएको भन्दै उनले लेखेका छन्, “आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान?’
प्रतिक्रिया दिनुहोस्