सम्पादकहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रिया काठमाडौं। सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले वरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्ने भएका छन्। अपराह्न २ बजेपछि संसद भवन बानेश्वरमा छलफल गर्ने भएका हुन्। पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्। बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेका पाँच दलीय गठबन्धनको बैठकले नागरिक समाज, बुद्धिजीवीलगायतसँग समेत अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्