जसपाको ठाकुर पक्षले बोलायो बैठक काठमाडौं। सरकारमा जाने विषयलाई लिएर दुई धारमा पुगेको जसपाको महन्थ ठाकुर पक्षको बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशबाट मन्त्रीहरु पदमुक्त भएपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न ठाकुर पक्षको बैठक बस्न लागेको हो। बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका निवर्तमान सांसद र कार्यकारिणी समितिका सदस्य उपस्थित हुनेछन्। बैठकमा पार्टीभित्रको विवादका विषयमा समेत छलफल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्