पौडेलले बोलाए आफू पक्षका केन्द्रीय सदस्यको बैठक
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन्। महाधिवेशनको सरगर्मी बढेसँगै पौडेलले आज दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बैठक बोलाएका हुन्। सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने भन्दै गतिविधि अघि बढाएपछि पौडेलले पनि आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन्। कांग्रेस महाधिवेशन १६ देखि १९ भदौमा काठमाडौंमा हुँदैछ।
प्रतिक्रिया दिनुहोस्
