विपक्षी गठबन्धनको नेता देउवा निवासमा भेला
काठमाडौं। विपक्षी गठबन्धनको नेतृत्व देउवा निवासमा छलफलमा जुटेका छन्। उनीहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन्। गण्डकी प्रदेशमा मन्त्रालय बाँडफाँडमा पनि कुरा मिल्न सकेको छैन। यसबारे पनि छलफल गर्ने तयारी रहेको बताइन्छ। गठबन्धलाई थप सशक्त बनाउने र नियमित संवादमा रहने नेताहरुले बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्
