बालबालिकालाई कस्तो बनाउने? प्रधानमन्त्रीको ३ दृष्टिकोण
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिष्पर्धात्मक क्षमतायुक्त बनाउनुपर्ने बताएका छन्। नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनमा प्रधानमन्त्रीले आजका बालबालिकालाई सक्षम बनाएमात्र देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताए। बालबालिका नै देशको भविष्य भएपनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण बालबालिकाले पाउनैपर्ने हकसमेत नपाएको प्रधानमन्त्रीले बताए।
प्रतिक्रिया दिनुहोस्
