सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई काठमाडौं। सर्वोच्च अदालतले कर्णालीका चार सांसदलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले दिएको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै अदालतले ह्वीप उलंघन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश दिएको हो। न्यायाधीश डा आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाही उपस्थित हुन भनेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्