प्रधानन्यायाधीशको प्रश्न, मन्त्रिपरिषद् विस्तार खारेज हुँदा कति जना मन्त्री रहन्छन्?
काठमाडौं। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद् विस्तार खारेज हुदा कति मन्त्री रहन्छन् भनी जिज्ञाशा राखेका छन्। मन्त्रिपरिषद् विस्तार खारेजीको माग गर्दै परेको रिटमाथिको सुनुवाईका क्रममा सोधेका प्रश्नमा रिट निवेदक वरिष्ट अभिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीसहित ४ मन्त्री रहने बताएका थिए। यसबाहेक अन्य मन्त्रीको हकमा के हुने भन्ने अर्को प्रश्नमा त्रिपाठीले प्रधानमन्त्रीले नै उनीहरुलाई हटाएकाले त्यसमा थप बोल्न नपर्ने जवाफ दिएका थिए।
प्रतिक्रिया दिनुहोस्
