निर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ काठमाडाैं। जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसँग लिखित जवाफ मागेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका ५१ जनामध्ये ३० जनाको हस्ताक्षर सहित आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएपछि ठाकुर पक्षसँग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपिसहित लिखित जवाफ १५ दिनमा पठाउन समय दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्