समाज साँस्कृतिक र नैतिक रुपले सबल रहनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मानवको शारीरिक स्वास्थ्य मात्र नभई समाजलाई पनि साँस्कृतिक, नैतिक र चारित्रका रुपले सबल राख्न आवश्यक रहेको बताए। सातौं अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय भएको उल्लेख गरे। ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड १९ केही समयमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारी चल्यो भने कयौं पिढीँसम्म दुःख पाइनेछ’,उनले भने।
प्रतिक्रिया दिनुहोस्
