विपक्षी गठबन्धन व्यवस्थित र अझै सशक्त बन्छ : प्रचण्ड काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने बताएका छन्। केन्द्रीय समितिको बैठकमा राजनीतिक परिस्थितिका सम्बन्धमा ब्रिफिङ गर्दै उनले कांग्रेस, माओवादी, जसपा उपेन्द्र समूह तथा एमालेको माधव नेपाल पक्षसहित बनेको विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने उल्लेख गरे। प्रचण्डले अहिले राजनीतिक संकटसँगै कोरोना र बाढीपहिरोको संकट रहेको भन्दै सहयोगमा जुट्न निर्देशन दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्