दोस्रो तहका नेता एमाले एकताको वार्तामा, माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा
काठमाडौं। एमाले एकताको लागि दोस्रो तहका नेताहरु वार्ता र छलफल गरिरहेका बेला माधवकुमार नेपाल भने कांग्रेस र माओवादीसहितको विपक्षी गठबन्धनको बैठकमा निरन्तर सहभागी हुँदै आएका छन्। केही दिनअघि आफ्नै निवास कोटेश्वरमा बैठक गरेका नेपाल आइतबार देउवा निवास भएको बैठकमा समेत सहभागी भएका थिए। नेता नेपालको यो गतिविधि पार्टी एकताको बर्खिलापमा रहेको एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले बताए।
प्रतिक्रिया दिनुहोस्
