३० वर्षका सहयात्री निधीको सभापति बन्ने इच्छा,देउवालाई तगारो
काठमाडौं।उपसभापति विमलेन्द्र निधीले आगामी भदौं १६ देखि १९ गतेसम्म हुने १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा देखाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन्। करिब ३० वर्षको सहयात्रापछि निधीले देउवालाई सभापति बन्ने इच्छा देखाए। यही कारण अप्ठ्यारो परेको देउवानिकट एक नेताले बताए।"निधीजी देउवाजी कै प्रस्तावमा सभापति बन्ने हो। छलफल चलिरहेको छ। निधीजी पनि सहकर्मी नेतासँग छलफलमै हुनुहुन्छ",नेता महेन्द्र यादवले भने।
प्रतिक्रिया दिनुहोस्
