जसपा विवाद : महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगको पत्र
काठमाडौं। निर्वाचन आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई१५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय गरेको छ।आज बसेको आयोगको बैठकले१५ दिनभित्र दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको हो। प्रवक्ता राजकुमार श्रेष्ठले भने,“उपेन्द्र पक्षबाट आधिकारिकताको दाबी पेस गरिएको छ। त्यो दाबी पेस गरिएको सम्बन्धमा दाबीको प्रतिलिपिसहित लिखित जवाफ पेस गर्नका लागि अर्को पक्षलाई१५ दिनको सूचना दिइएको छ।”
प्रतिक्रिया दिनुहोस्
