म नगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिनँ र गर्दिनँ : मेयर शाक्य काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिले पार्टीको कार्यकर्ता भएर काम गर्न नहुने बताएका छन्। उनले भने, “म महानगरपालिकाको मेयर हुँ। मैले मेयरमा निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिनँ र गर्दिनँ। दलभन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला। म पनि त्यहि गर्छु र गरिरहेको छु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्