गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्ले नियुक्त पोखरा। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्लेलाई नियुक्त गरेका छन्। उनलाई आजै मुख्यमन्त्री पोखरेलले शपथग्राहण गराएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। तनहुँका काफ्ले यसअघि रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक भएका थिए। दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा सहायक क्याम्पस प्रमुखका रुपमा पनि उनले काम गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्