गृहमन्त्री र आन्तरिक मामिलामन्त्रीहरुबीचको बैठकमा विपद् व्यवस्थापन, कोभिड नियन्त्रण लगायत विषयमा छलफल काठमाडौं। सातवटै प्रदेशका आन्तरिक मामिलामन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा बैठक सकिएको छ। बैठकमा विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र शान्ति सुरक्षाको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए। गृहमन्त्री खगराज अधिकारीलाई अन्तरिक मामिलामन्त्रीहरुले प्रदेश प्रहरी समायोजन र प्रदेश सुरक्षाका चुनौतिका विषयमा जानकारी गराएका थिए। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल लगायतको सहभागीता थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्