पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश काठमाडौं। सर्वोच्च अदालतले पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। डा. कुमार चुँडालको एकल इजलासले रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्