उम्मेदवार बन्न कांग्रेस सभापति देउवाको सक्रियता, अन्तिमपटक सहयोग गर्न अनुरोध काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफूनिकट नेताहरुसँग छलफल जारी राखेका छन्। फेरि पनि पार्टी सभापति बन्ने योजनासहित आज बागमती र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेको देउवानिकट कांग्रेस नेता रामहरी खतिवडाले बताए। बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा सभापति देउवाले अन्तिमपटक सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए। बैठकमा सहभागी नेताहरुले सबैलाई समूहमा समेट्न सुझाव दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्