कांग्रेस सभापति देउवाले भने- म सभापतिमा फेरि लड्छु काठमाडौं। कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने बताएका छन्। आज बुढानिलकण्ठमा आफूनिकट प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गर्दै सभापतिमा दोहोरिने बताएका हुन्। "संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ। म सभापतिमा फेरि लड्छु। मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको छ," देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस नेता रामहरि खतिवडाले बताए।कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्