अवसरवादी सरकारलाई विश्वासको मत दिँदैनौं : गुरुङ
पोखरा। गण्डकी प्रदेशका विपक्षी दलका नेता पुथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार अवसरवादी भएको बताएका छन्। प्रदेशसभाको बैठकमा उनले मुख्यमन्त्री पोखरेलले परिपक्क र सालिन नेतृत्व भएको उल्लेख गरे। तर पोखरेलले आफू नेतृत्वको सरकारलाई मत मागेको भन्दै उनले भने, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं।’
प्रतिक्रिया दिनुहोस्
