गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। गण्डकी प्रदेशको प्रदेशसभा बैठक बिहान ११ बजे बस्दैछ। संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेका उनले धारा १६८(६) अनुसार विश्वासको मत लिन लागेका हुन्। सोहीअनसार उनले विश्वासको मत लिन लागेका हुन्। उनलाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको समर्थन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्