साउनदेखि खोप अभियान विस्तार हुन्छः प्रधानमन्त्री काठमाडौं।सरकारले आगामी साउनदेखि कोरोनाको खोप अभियानलाई बढावा दिने बताएको छ।कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य तत्व खोप भएको र ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका हुन्।बैठकमा आगामी साउनदेखि खोप लगाउन थालिने प्रधानमन्त्रीले बताए।त्यसबाहेक अन्य देशसँग पनि खोपको पहल भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने प्रधानमन्त्रीको भनाई थियो।
प्रतिक्रिया दिनुहोस्