बाँध खोलिन्छ, यसवर्ष तराई क्षेत्र डुबानमा पर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो तराई डुबानमा नपर्ने बताएका छन्। नेपाल भारत सीमा क्षेत्रमा लगाएको बाँध खुल्ला नछोडिका कारण डुबान भएको भन्दै प्रधानमन्त्रीले यसवर्ष बाँधलाई खोलिएको र अन्य बाँकी ठाउँमा पनि खोलिने बताए। बाँधका कारण नेपाली भुमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस्
