प्रधानमन्त्रीको दाबी– प्रतिनिधिसभा विघटन स्वतः र स्वभाविक हो काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेश बमोजिम नै प्रतिनिधिसभा विघटन भएको दाबी गरेका छन्।अदालतमा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्रीले सरकार निर्माणका धारा ७६का सबै विकल्पको प्रयोग भई वैकल्पिक सरकार निर्माण हुन नसकेपछि प्रतिनिधिसभा विघटन भएको उल्लेख गरेका हुन्।उनले विघटन संवैधानिक रुपमा स्वतःभएको भन्दै आफूले राष्ट्रपतिसमक्ष विघटनको सिफारिस गरेर संवैधानिक जिम्मेवारी मात्र पूरा गरेको बताएका छन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्